Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » बालबालिकाको प्रतिभा प्रदर्शनसहित पाठशाला प्रि-प्राइमरीको वार्षिकोत्सव
    समाचार

    बालबालिकाको प्रतिभा प्रदर्शनसहित पाठशाला प्रि-प्राइमरीको वार्षिकोत्सव

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८२ चैत्र २७, शुक्रबार १७:५३ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा,२७ चैत । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-८ स्थित पाठशाला प्रि–प्राइमरी विद्यालयले एक कार्यक्रमको आयोजना गरी आफ्नो प्रथम वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ।

    कार्यक्रममा विद्यालयका बालबालिकाहरुले नृत्य, नाटक प्रस्तुति दिएका थिए। जसले अभिभावक र उपस्थित अतिथिहरुलाई निकै प्रभावित बनाएको थियो । विद्यालयले छोटो समयमै गुणस्तरीय शिक्षा प्रदान गर्दै बालबालिकाको सर्वाङ्गीण विकासमा योगदान पुर्याएको भन्दै कार्यक्रममा सहभागीहरुले प्रशंसा गरे।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    कार्यक्रमले विद्यार्थी, शिक्षक र अभिभावकबीचको सम्बन्ध अझ सुदृढ बनाउनुका साथै बालबालिकाको प्रतिभा प्रस्फुटन गर्न महत्वपूर्ण भूमिका खेलेको विद्यालयका निर्देशक विवेक पौडेलले बताए ।

    विद्यालयको प्रधानाध्यापक सपना पौडेलले शिक्षा केवल समानतामा सीमित नभई असल चरित्र र राम्रो मानवता निर्माणसँग जोडिएको भन्दै सधैं मन र मस्तिष्क दुवैलाई स्पर्श गर्ने गुणस्तरीय शिक्षा प्रदान आफुहरुको लक्ष्य रहेको बताइन्।

    ‘हाम्रो विद्यालय केवल संख्यामा मात्र होइन, भावना र आत्मामा पनि बढ्दै गएको छ । हाम्रो लक्ष्य सधैं मन र मस्तिष्क दुवैलाई स्पर्श गर्ने गुणस्तरीय शिक्षा प्रदान गर्नु हो’, कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्,‘शिक्षा केवल समानतामा सीमित नभई असल चरित्र र राम्रो मानवता निर्माणसँग जोडिएको छ, र अभिभावकहरुको साथबिना यो सम्भव हुने थिएन ।’

    त्यस्तै कार्यक्रमको प्रमुख अतिथी नेत्ररोग विशेषज्ञ रोसिजा रिजाल खनालले बालबालिकामा डिजिटल स्क्रिन (मोबाइल,टिभी,कम्प्युटर) को प्रयोग बढ्दो अवस्था रहेकोले निरन्तर डिजिटल स्क्रिनको प्रयोगका कारण आँखामा ‘मायोपिया’ समस्या हुने सक्ने बताइन्।

    बालबालिकाहरुको स्क्रिन समय सीमित गरेर भित्री गतिविधी भन्दा बाहिरी गतिविधीमा संग्लन गराए ‘मायोपिया’को समस्या कम हुने उनले जनाइन्।

    कार्यक्रममा अनुशासन, स्वच्छता, हाजिरी, शैक्षिक उत्कृष्टतालगायत विभिन्न विद्यामा साथै नाटक, नृत्य प्रस्तुती दिएका बालबालिकाहरुलाई मायाको चिनो, प्रमाणपत्र प्रदान गरिएको थियो ।

    कार्यक्रममा विद्यालयका निर्देशक विवेक पौडेल, प्रधानाध्यापक सपना पौडेल, प्रमुख अथिती नेत्ररोग विशेषज्ञ रोसिजा रिजाल खनाल, अनामिका बस्याल, रेजल ढकाल, अभिभावकहरु राकेश कुमार बरई, प्रतिभा रेग्मी, शिक्षक गरिमा श्रेष्ठ, लगायतले आ-आफ्नो भनाई राखेका थिए ।

    सुमित खनालको संचालनमा सम्पन्न भएको कार्यक्रममा अतिथी निकेश श्रेष्ठ, माधवी गुरुङ्ग, अभिभावक, शिक्षक लगायतको उपस्थिती रहेको थियो।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    पाठशाला पाठशाला प्रि–प्राइमरी विद्यालय
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते

    अब अर्घाखाँचीमै ब्लूबुक नवीकरण, बुटवल धाउनुपर्ने बाध्यता हट्यो

    २०८३ कार्तिक १४, शुक्रबार १३:५१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.