
बुटवल। लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पिको गभर्नरमा सन्दिप कसौधन निर्वाचित भएका छन्। बुटवलमा सम्पन्न निर्वाचनबाट आगामी बर्ष २०२६/०२७ को लागि कसौधन गर्भनरमा सर्वसम्मत निर्वाचित भएका हुन्।
त्यस्तै फस्ट भिडिजिमा मिना पन्थी, सेकेन्ड भिडिजिमा अर्चित श्रेष्ठ निर्वाचित भएका छन् भने डिष्ट्रिक सचिवमा आशिषकृष्ण श्रेष्ठ, डिष्ट्रिक कोषाधक्षमा सुरेन्द्र घिमिरेलाई चयन गरिएको छ।
Advertisement

Advertisement
Advertisement

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ पि को चौथो अधिवेशनबाट निर्वाचित कसौधनले सम्पूर्ण लायनहरुलाई एकजुट भई मानवीय सेवामा निस्वार्थ रुपमा समर्पित रहन तथा लक्ष्य प्राप्तिका लागि अबिचलित रुपमा लाग्न आग्रह गरे।
समाज परिवर्तन नभई मुलुक नबदलिने भन्दै उनले अहिलेको समयमा असल नेतृत्वको अभाव महसुस भएको सुनाए। नेपालको अब हरेक टोल र घरमा सक्षम र असल नेतृत्व उत्पादनमा प्रेरित गर्नका लागि लायन्स क्लब ईन्टरनेश्नल डिष्ट्रिक ३२५ पि ले यसको नेतृत्व गर्ने गभर्नर कसौधनले बताए।
कार्यक्रममा डिष्ट्रिक गभर्नर बालाराम भट्टराईले लायन्सको अभियान सफल तुल्याउनका लागि सम्पुर्ण क्लब अध्यक्ष, लायनमा आबद्ध पदाधिकारी र समाजसेवामा नागरिकको दायित्व, मानवीय मुल्यमान्यता र समाजसेवाका कार्य क्षमता अभिवृद्धि लगायतका बारेमा जानकारी दिएका थिए ।
लायन्स सदस्य तथा प्रतिनिधि सभा सदस्य अमृत बिक र श्रद्धा कुँवर र लायन्स ईन्टरनेसनल डिष्ट्रिक ३२५ पि का निवर्तमान गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ, पूर्वगभर्नर अरुण प्रताप राणा, अर्जुनमान सैजु, नवराज न्यौपाने, सुनिल वझा, अनुप पहाडी, महेन्द्र नारायण श्रेष्ठ लगायतले आफ्नो भनाइ राखेका थिए ।
यस्तै प्रकाश कुमार श्रेष्ठको संयोजकत्वमा लायन्सहरुबाट संकलित रकम ७ लाख भन्दा बढी रुपैयाँ कार्यालय सचिव स्व.दिनेश बुढाथोकीको छोरीको अध्यापनको लागि परिवारलाई हस्तान्तरण गरिएको थियो।
डिष्ट्रिक गभर्नर बालाराम भट्टराईको अध्यक्षता, लायन्स इन्टरनेसनल डाइरेक्टर इन्डोस राजेन्द्र लम्सालको प्रमुख आतिथ्यता, डिष्ट्रिक सचिव एमएल पान्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

