
काठमाडौं,३० चैत। आइतबार प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएपछि सामाजिक संजालमा बहस-चर्चा जारी छ।
मन्त्रिपरिषद्का सदस्यहरुमध्य धनाढ्य देखिएका गृहमन्त्री सुधन गुरुङको सम्पत्तिको विषयमा पनि सामाजिक संजालमा टीकाटिप्पणी भएपछि सोही विषयमा उनले सामाजिक संजालमार्फत जवाफ दिएका छन् ।
Advertisement

Advertisement
Advertisement

गृहमन्त्री गुरुङले सरकारलाई बुझाएको सम्पत्ति विवरण अनुसार, उनीसँग ८९ तोला सुन र ६ किलो चाँदी, तीन वटा बैंकमा ६२ लाख रुपैयाँ, विभिन्न कम्पनीमा ४ करोड ३० लाख बराबरको सेयर लगानी रहेको जनाएका छन्।
त्यस्तै गोरखामा हजुरबाको नाममा रहेको पैतृक २२१ रोपनी, बुवाको नाममा चितवनको भरतपुरमा ३० कठ्ठा र आफ्नै नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको विवरणमा उल्लेख गरेका छन् ।
उनले बुझाएको सम्पत्ति विवरणमा सम्पत्तिको स्रोतमा पैतृक र व्यवसाय उल्लेख गरेपनि के व्यवसाय भनेर खुलाएका छैनन्। यही सम्पत्तिको विषयमा सामाजिक संजालमा प्रश्न उठाइएको छ।
प्रश्न उठेपछि सामाजिक संजाल (फेसबुक स्टोरी) बाट जवाफ दिदै उनले भनेका छन्, ‘तिमी जन्मदै गरिब जन्मिनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरीब मर्नु त्यो तिम्रो गल्ती हो।’
उनले ‘चेतना भया’ ह्यासट्यागसहित थप लेखेका छन्, ‘सरकारमा आउनुअघि बिना भ्रष्टाचार कमाउनु पाप होइन, सरकारमा आएर भ्रष्टाचार गरेर कमाउनु पाप हो।’
फेसबुक स्टोरीमार्फत जवाफ दिएका गृहमन्त्री गुरुङले ब्याकग्राउन्डमा गीतको बोल राखेका छन्-‘के पाइस् नेपाली केरा…।’


