
काठमाडौं,३० चैत। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्याल र पूर्वसभामुखद्वय देवराज घिमिरे र अग्निप्रसाद सापकोटाबीच सिंहदरबारमा भेटवार्ता भएको छ।
सभामुखमा अर्याल निर्वाचित भएपछि उनीहरुबीच पहिलो औपचारिक भेटवार्ता भएको हो।
Advertisement

Advertisement
Advertisement

भेटमा नेपालको संसदीय अभ्यास,विगतका अनुभवहरुको आदान–प्रदान,संघीय संसदको प्रभावकारी सञ्चालन,विधायन प्रक्रियाको सुदृढीकरणका विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ।
यसअघि चैत्र २६ गते सभामुख अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालबीच भेटवार्ता भएको थियो।
कमेन्ट गर्नुस्

