


काठमाडौं,३० चैत।प्रतिनिधिसभा सदस्यहरुले सम्पत्ति विवरण सरकारलाई बुझाउन थालेका छन् । संघीय संसद सचिवालयका अनुसार, १० जना बढी सांसद्को सम्पत्ति विवरण प्राप्त भएको छ।
सचिवालयको सांसद सुविधा शाखाले सूचना जारी गर्दै आगामी जेठ १० गतेसम्म आफ्नो सम्पत्ति विवरण बुझाउनका लागि आग्रह गरिसकेको छ। ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा (१) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१ क को उपदफा (१) मा सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पत्ति विवरण बुझाउनुपर्ने व्यवस्था छ।
कमेन्ट गर्नुस्

