
भैरहवा । दशकौ देखि सडक र फुटपाथ क्षेत्रमा संचालनमा हुँदै आएको साप्ताहिक हाटबजारलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सामुदायिक कृषि बजार भवनमा स्थानान्तरण गरेको छ।
निर्माण पश्चात वर्षौदेखि अलपत्र रहेको भवनको ‘ए’ ब्लकमा हाटबजार संचालनमा आएसँगै सडकका व्यवसायीहरुले अब अत्याधुनिक भवनबाट व्यापार सुरु गरेका छन्।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

भैरहवाको मालपोत कार्यालय क्षेत्रमा प्रत्येक साताको आइतबार र बिहीबार सडक क्षेत्रमा हाटबजार लाग्दै आएको थियो । । अब सोही स्थानमा वर्षौ अघि निर्माण भएको भवनमा बजारमा सुरु भएको छ ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले निर्माणको उद्देश्य अनुरुप भवनको ‘ए’ ब्लक मा कृषि बजार संचालनमा ल्याइएको बताए। भवनमा बजार संचालनका लागि पालिकाले व्यवसायीहरुलाई निवेदन दिन आह्वान गरेको थियो । जसपश्चात आफ्नो व्यवसायमा भवनमा स्थानान्तरणका निम्ति तीन सय बढी व्यवसायीले निवेदन दिएका थिए ।
पहिलो चरणमा कृषि उपजका लागि सामग्रीलाई प्राथमिकताका साथ भवनमा स्थानान्तरण गरिएको र क्रमशः अन्य वस्तुका व्यवसायलाई पनि स्थानान्तरण गरिने उनले जनाए ।
नगरपालिकाले अबका दिनमा सिद्धार्थनगरभित्रका कुनै पनि फुटपाथ वा सडक किनारमा बसेर व्यापार गर्न पूर्ण रुपमा रोक लगाएको छ । हाललाई आइतबार र बिहीबार हाटबजारकै रूपमा सञ्चालन हुने भए पनि यस भवनलाई आगामी दिनमा हप्ताका सातै दिन दैनिक बजारका रुपमा विकास गर्ने गरी नगरपालिकाले आवश्यक गृहकार्य गरिरहेको जनाएको छ ।

