Close Menu
    What's Hot

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    २०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    २०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    २ अर्ब बढीको क्रिप्टो कारोबारको आरोपमा सुनिल पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:४७ गते0
    अर्थ

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते0
    विशेष

    गैरहाजिर सशस्त्र प्रहरीको नाममा सूचना: ७ दिनभित्र उपस्थिती हुनु नभए कारवाही

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:१९ गते0
    खेलकुद

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    क्लिक लुम्बिनी२०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » भैरहवामा सडकको हाटबजार अब कृषि भवनमा
    अर्थ

    भैरहवामा सडकको हाटबजार अब कृषि भवनमा

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ बैशाख ४, शुक्रबार १३:३२ गते
    advertisement
    advertisement
    advertisement

    भैरहवा । दशकौ देखि सडक र फुटपाथ क्षेत्रमा संचालनमा हुँदै आएको साप्ताहिक हाटबजारलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सामुदायिक कृषि बजार भवनमा स्थानान्तरण गरेको छ।

    निर्माण पश्चात वर्षौदेखि अलपत्र रहेको भवनको ‘ए’ ब्लकमा हाटबजार संचालनमा आएसँगै सडकका व्यवसायीहरुले अब अत्याधुनिक भवनबाट व्यापार सुरु गरेका छन्।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    भैरहवाको मालपोत कार्यालय क्षेत्रमा प्रत्येक साताको आइतबार र बिहीबार सडक क्षेत्रमा हाटबजार लाग्दै आएको थियो । । अब सोही स्थानमा वर्षौ अघि निर्माण भएको भवनमा बजारमा सुरु भएको छ ।

    सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले निर्माणको उद्देश्य अनुरुप भवनको ‘ए’ ब्लक मा कृषि बजार संचालनमा ल्याइएको बताए। भवनमा बजार संचालनका लागि पालिकाले व्यवसायीहरुलाई निवेदन दिन आह्वान गरेको थियो । जसपश्चात आफ्नो व्यवसायमा भवनमा स्थानान्तरणका निम्ति तीन सय बढी व्यवसायीले निवेदन दिएका थिए ।

    पहिलो चरणमा कृषि उपजका लागि सामग्रीलाई प्राथमिकताका साथ भवनमा स्थानान्तरण गरिएको र क्रमशः अन्य वस्तुका व्यवसायलाई पनि स्थानान्तरण गरिने उनले जनाए ।

    नगरपालिकाले अबका दिनमा सिद्धार्थनगरभित्रका कुनै पनि फुटपाथ वा सडक किनारमा बसेर व्यापार गर्न पूर्ण रुपमा रोक लगाएको छ । हाललाई आइतबार र बिहीबार हाटबजारकै रूपमा सञ्चालन हुने भए पनि यस भवनलाई आगामी दिनमा हप्ताका सातै दिन दैनिक बजारका रुपमा विकास गर्ने गरी नगरपालिकाले आवश्यक गृहकार्य गरिरहेको जनाएको छ ।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    कृषि भवन कृषि भवन संचालन सिद्धार्थनगर नगरपालिका हाटबजार
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    युवालाई उद्यमी बनाउन लुम्बिनी सरकारको तयारी

    २०८३ कार्तिक १४, शुक्रबार १४:२६ गते

    एनपीएलमा नेपाली खेलाडीको दबदबा, लगातारको खेलमा ‘प्लेयर अफ द म्याच’

    २०८३ कार्तिक १४, शुक्रबार १४:०८ गते

    अब अर्घाखाँचीमै ब्लूबुक नवीकरण, बुटवल धाउनुपर्ने बाध्यता हट्यो

    २०८३ कार्तिक १४, शुक्रबार १३:५१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.