
भैरहवा, ४ बैशाख । रुपन्देही प्रहरीले जिल्ला अदालत रुपन्देहीबाट सजाए पाएका ३ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुपन्देहीको ओमसतिया गाउँपालिका-४ पननीका रमाकान्त पाण्डेय, बुटवल उपमहानगरपालिका-९ मिलनचोकका प्रदिपकुमार भारी र सोही पालिका वडा नम्बर ११ कालिकानगरका विष्णुप्रसाद वाग्ले रहेको प्रहरीले जनाएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

पक्राउ परेका तीनै जना व्यक्ति चेक अनादर मुद्दामा सजाए पश्चात फरार प्रतिवादीको सूची थिए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जारी गरेको प्रेस विज्ञप्ती अनुसार, पक्राउ परेका पाण्डेयलाई अदालतले एक हजार रुपैयाँ जरिवाना, भारीलाई २ सय रुपैयाँ र वाग्लेलाई पनि २ सय रुपैयाँको जरिवाना सजाएको फैसला गरेको थियो ।
फैसला कार्यान्वयनको सिलसिलामा उनीहरुलाई विभिन्न स्थानबाट बिहीवार पक्राउ गरी अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

