


काठमाडौं,६बैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष निर्वाचित सांसद नरहेको निर्वाचन क्षेत्रमा समानुपातिक सांसदहरुलाई निर्वाचन क्षेत्रमा खटाउने निर्णय गरेको छ।
आइतबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले समानुपातिक सांसदहरुलाई निर्वाचन क्षेत्रमा खटाउने निर्णय गरेको पार्टी प्रवक्ता मनिष झाले बताए ।

जिल्ला र निर्वाचन क्षेत्र सहितको सूची सोमबार (भोली) को केन्द्रीय समितिको बैठकबाट पारित गर्ने योजना रहेको उनले जनाए ।फागुन २१ को निर्वाचनमा रास्वपाले १६५ मध्ये १२५ क्षेत्रमा जित निकालेको थियो। समानुपातिकतर्फ भने ५७ सिट जितेको थियो।

