


भैरहवा,८ वैशाख। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा प्रत्यक्षतर्फ जित निकाल्न नसकेको क्षेत्रमा पार्टीबाट निर्वाचित समानुपातिक सांसदलाई जिम्मेवारी दिएको छ ।
प्रत्यक्षतर्फ पार्टीका उम्मेदवार नजितेको क्षेत्रको समस्या र मागहरुको सहज सम्बोधन गर्ने उद्देश्यले ४० जना समानुपातिका सांसदहरुलाई जिम्मेवारी तोकिएको रास्वपाले जनाएको छ।

पार्टीले सार्वजनिक गरेको सूची अनुसार, समानुपातिक सांसद पुनमकुमारी अग्रवाललाई कपिलवस्तु जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ को जिम्मेदवारी दिइएको छ भने ज्ञानु पौडेललाई कालिकोट जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को जिम्मेवारी तोकिएको छ ।
कुन क्षेत्रमा कुन सांसदलाई जिम्मेवारी ? हेर्नुहोस् सूची



