
काठमाडौं,८ बैशाख। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थीहरुलाई अतिरिक्त बोझ हुने पाठ्यपुस्तक नबोकाउन निर्देशन दिएको छ।
सबै शिक्षा विकास तथा समन्वय इकाईहरुलाई निर्देशन जारी गर्दै केन्द्रले सरकारद्वारा स्वीकृत पाठ्यपुस्तक मात्र प्रयोग गर्न र विद्यालय परिसरभित्रै पोसाक, पाठ्यपुस्तक, स्टेशनरी बिक्री नगर्न निर्देशन दिएको हो ।
Advertisement

Advertisement
Advertisement

केन्द्रले जारी गरेको परिपत्रमा केही निजी प्रकाशकहरुले कानुनको उल्लङ्घन गर्दै बढी मूल्य तोकेको, न्यून गुणस्तरको कागज प्रयोग गरेको र पाठ्यक्रम विकास केन्द्रबाट स्वीकृत नै नलिई पाठ्यपुस्तक बिक्री गरिरहेको गुनासो प्राप्त भएको उल्लेख छ।
नेपाल सरकारको नीति र कानुन विपरीत कार्य गरी बालबालिका र अभिभावकलाई अतिरिक्त आर्थिक बोझ नदिन केन्द्रले निर्देशन दिएको छ । केन्द्रले स्थानीय तहहरुसँग समेत समन्वय गरी विद्यालयहरुमा आकस्मिक अनुगमन गर्न र नियम उल्लङ्घन गर्ने प्रकाशक वा विद्यालयलाई कानूनी दायरामा ल्याई सोको जानकारी केन्द्रमा पठाउन निर्देशन दिएको छ ।

