
काठमाडौं,९ बैशाख। गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन् । विवादित व्यवसायी दीपक भट्टसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोपपछि गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई राजीनामा बुझाएका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुक मार्फत नैतिकता, स्वार्थ द्वन्द्व र निष्पक्ष छानबिनको आधारमा राजीनामा दिएको बताएका छन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

स्ट्याट्समामा उनले ‘मेरो लागि पदभन्दा ठूलो कुरा नैतिकता हो, र जनविश्वासभन्दा ठूलो शक्ति कुनै हुँदैन’ भन्दै सार्वजनिक जीवनमा पारदर्शिता र उत्तरदायित्व अनिवार्य भएको उल्लेख गरेका छन्।
उनले देशमा सुशासन, पारदर्शिता र जवाफदेहिताको माग गर्दै उठिरहेको जेन जेड आन्दोलनले पनि सार्वजनिक नेतृत्व स्वच्छ हुनुपर्ने सन्देश दिएको बताएका छन्।
उनले भनेका छन्, ‘मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा कन्फ्लिक्ट अफ इन्ट्रेष्ट नदेखियोस् भन्ने उद्देश्यले मैले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।’
उनले आफ्नो निर्णयलाई नैतिक जिम्मेवारीको रुपमा व्याख्या गर्दै पदमा रहँदा छानबिन प्रक्रियामा कुनै असर नपरोस् भन्ने उद्देश्य रहेको स्पष्ट पारेका छन्।
साथै उनले सञ्चारकर्मी, नागरिक र युवाहरूसँग सत्य, इमानदारी र आत्मशुद्धिको बाटोमा उभिन आग्रह गरेका छन्।


