
काठमाडौं,१० वैशाख। नेपालको स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । बिहीवार सुन प्रतितोला १ हजार ८ सय रुपैयाँ र चाँदी ११० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार, बुधवार सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएकोमा आज सुन प्रतितोला २ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
Advertisement

Advertisement
Advertisement

त्यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ११० रुपैयाँ घटेको छ । बुधवार ५ हजार १३० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ५ हजार २० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
कमेन्ट गर्नुस्

