


काठमाडौं,११ बैशाख। संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमक्ष चार बुँदे माग पेश गर्दै बस्ती व्यवस्थापनसम्बन्धी सरकारी निर्णयप्रति ध्यानाकर्षण गराएको छ।
मोर्चाका महासचिव अर्जुन कुँवरले भूमिहीन तथा सुकुम्वासी समुदायलाई बलपूर्वक विस्थापन गर्ने तयारीप्रति आपत्ति जनाउँदै उक्त निर्णयमा तत्काल पुनर्विचार गर्न सरकारलाई आग्रह गरेका छन्।

मागपत्रमा बस्ती खाली गराउने सम्बन्धी जारी सूचना फिर्ता लिनुपर्ने, राष्ट्रिय भूमि समस्या समाधान आयोगको कार्यप्रक्रियालाई सक्रिय बनाउँदै प्रमाणीकरण तथा व्यवस्थापनमा देखिएका समस्या समाधान गर्नुपर्ने उल्लेख गरिएको छ।
हेर्नुहोस् पत्र


