
भैरहवा, ११ बैशाख । पोखराबाट भैरहवा आउँदै गरेको बस तनहुँको शेराफाँटमा दुर्घटना भएको छ ।
प्रहरीको प्रारम्भिक जानकारी अनुसार, दुर्घटना भएको ग २ ख १८३६ नम्बरको बसमा करिब ३० जना सवार थिए । उद्दार कार्य भइरहेकोले थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी टेकबहादुर कार्कीले बताए ।
Advertisement

Advertisement
Advertisement

उनका अनुसार, दुर्घटना घाइते भएका २७ जनालाई उपचारका लागि जीपी अस्पताल बेलचौतारामा लगिएको छ । ‘अहिलेसम्म कुनै हताहतीको सूचना प्राप्त भएको छैन’,उनले भने, ‘ प्रहरी घटनास्थलमा पुगेको छ । स्थानीयको सहयोगमा उद्धार कार्य भइरहेको छ ।’

