


काठमाडौं,१५ बैशाख। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री निशा मेहताले मन्त्रालयभित्र इन्धन दुरुपयोग आरोपको सम्बन्धमा छानबिन गर्न निर्देशन दिएकी छन्।
जेनजी आन्दोलनका क्रममा जलेका सवारी साधनको नाममा मन्त्रालयका कर्मचारीहरुले इन्धन लिने गरेको आरोप पश्चात मन्त्रालयले सहसचिवस्तरको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ ।

गठित समितिले इन्धन दुरुपयोग भए/नभएको विषयमा छानबिन गर्ने बताइएको छ।
घटनाका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छानबिन गरी जलेका सवारीसाधनको नाममा इन्धनको दुरुपयोग नभएको व्यहोरा सार्वजनिक गरेकोले प्रकाशित समाचारमा भएको त्रुटि सम्पादन गरी सच्याइएको छ–सं.
जलेका गाडीका नाममा इन्धनको दुरुपयोग भएको छैन: स्वास्थ्य मन्त्रालय

