
काठमाडौं,१५ बैशाख । नेपाल टेलिकम (एनटिसी) ले प्रिपेड सेवाअन्तर्गतका २८ दिन अवधिका सबै प्याकेजलाई विस्तार गर्दै अब ३० दिनको बनाएको छ।
नेपाल टेलिकमका अनुसार ‘कम्बो–२९९’ प्याकको अवधि गत चैत २४ गतेदेखि नै २८ दिनबाट बढाएर ३० दिन कायम गरिएको थियो। सोही व्यवस्था अनुसार अन्य सबै २८ दिने प्याकेजहरु पनि वैशाख ११ गतेदेखि लागू हुनेगरी केही मूल्य समायोजनसहित ३० दिन अवधिका बनाइएको नेपाल टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले जानकारी दिए।
Advertisement

Advertisement
Advertisement

यस परिवर्तनसँगै ग्राहकले प्रत्यक्ष लाभ पाउने अपेक्षा गरिएको छ। अब महिनामा एकपटक मात्रै रिचार्ज गर्दा पुग्ने भएकाले सेवा प्रयोग अझ सहज हुने टेलिकमको भनाइ छ।
साथै, उही मूल्यमा दुई दिन अतिरिक्त सेवा प्राप्त हुने हुँदा डेटा, भ्वाइस र एसएमएस प्रयोगमा पनि ग्राहकलाई थप सुविधा हुने जनाइएको छ। नेपाल टेलिकमले यसलाई उपभोक्तामैत्री सुधारका रुपमा प्रस्तुत गर्दै यसले खर्च व्यवस्थापनलाई सहज बनाउने र ग्राहक सन्तुष्टि बढाउने अपेक्षा गरिएको छ।

