


काठमाडौं,१६ वैशाख। कृषि विभागले प्रतिकूल मौसमका कारण काटेर खेतमै राखिएको गहुँ सुरक्षित भण्डारण गर्न किसानहरुलाई आग्रह गरेको छ।
मौसममा देखिएको फेरबदलले वर्षा लगायतका कारण गहुँमा क्षति हुने जोखिम बढेको विभागले जनाएको छ।

विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले गहुँ भण्डारण गर्दा कीराबाट जोगाउन भकारीको माथिल्लो भागमा ४–५ इन्च जति छहारीमा सुकाएको सुकिलो नीम, बकाइनो र तितेपातीका बोटबिरुवाको पात प्रयोग गर्न सुझाव दिएका छन्।
कृषि सूचना केन्द्रले पनि उत्पादन वृद्धि, बाली संरक्षण र क्षति न्यूनीकरणसम्बन्धी जानकारी उपलब्ध गराउँदै आएको छ। केन्द्रले खेतमा बाँकी कृषि अवशेष नजलाउन आग्रह गर्दै यस वर्ष करिब २२ लाख मेट्रिक टन गहुँ उत्पादन हुने अनुमान गरेको छ।

