


काठमाडौं,१६ बैशाख । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कुनै पनि सुकुम्बासीलाई सरकारले घरबारविहीन हुन नदिने बताएको छ ।
बुधबार बसेको संसदीय दलको बैठकले जोखिमपूर्ण स्थानमा बसोबास गरिरहेका सुकुम्बासीलाई पटक–पटक सूचना दिँदै सुरक्षित स्थानमा सहज रुपमा सारिएको जनाएको छ।

बैठकपश्चात पार्टीका प्रवक्ता मनिष झाले विस्थापित सुकुम्बासीहरुको लगत संकलन र व्यवस्थापनमा सरकार जिम्मेवार ढंगले लागिरहेको बताए।
‘सरकारले घरबारबिहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ। सरकारले कोही सुकुम्बासीहरुलाई घरबारबिहीन हुन दिने छैन, आवश्यक समन्वयको लागि सुझाव स्वागत योग्य छ’,उनले भने,‘तर अनावश्यक राजनीतिकरण गर्नु हुँदैन । कसैलाई बाढीको जोखिम र ढलको छेउ बस्न बाध्य बनाएर ‘भोट बैंक’ को राजनीति गर्नु गलत हो।’

