


काठमाडौं,२४ बैशाख। अब संघीय संसद्मा पनि सांसदहरुको डिजिटिल हाजिरी हुने भएको छ । जसका लागि संघीय संसद् सचिवालयले सांसदहरुको बायोमेट्रिक विवरण संकलन गर्न सुरु गरेको छ।
यसअघि सांसदहरुको कागजी हाजिरी हुने गरेको थियो । संघीय संसद अन्तर्गत बिभिन्न बैठकहरुमा उपस्थितिको हाजिरी विद्युतीय माध्यमबाट अभिलेखन गर्ने प्रयोजनका लागि बायोमेट्रिक विवरण संकलन गर्न सुरु गरिएको संसद सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार अगामी बैशाख २८ गतेसम्म बायोमेट्रिक विवरण संकलन हुने र सांसदहरुको औपचारिक तस्बिरसमेत खिचिने भएकाले औपचारिक पोशाकमा संघीय संसद्को लोगो लगाएर उपस्थित हुन आग्रह गरिएको छ।

