
भैरहवा, २५ वैशाख। रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा जारी ‘पञ्चकन्या रुपन्देही सुपर लिग’ अन्तर्गत ‘ए’ डिभिजनको खेलमा तिरुपति क्रिकेट क्लब विजयी भएको छ। शुक्रबारमा न्यू होराइजन स्पोटर्स क्लबलाई ४ विकेटले पराजित गर्दै तिरुपतिले विजयी भएको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको न्यू होराइजनले निर्धारित ५० ओभरमा २२ ओभर ३ बलमा सबै विकेट गुमाउँदै ७६ रन मात्र बनायो ।
उसका लागि निर्मल गुरुङले २९ र विप्रसन केसीले १४ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन् ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

होराइजनलाई सस्तैमा समेट्नका लागि तिरुपतिका अपराजित पौडेल र मोहम्मद हुसेनले ३–३ तथा तुलबहादुर थापाले २ र आकाश त्रिपाठीले १ विकेट लिए ।
जवाफीमा ब्याटिङ गरेको तिरुपतिले १४ ओभर १ बलमा ६ विकेट गुमाएर सहजै ७९ रन बनाउँदै जित निकाल्यो । जीतका लागि विजय प्रजापतिले २४, तुलबहादुर थापाले अविजित २० र सन्दीप मौर्यले १४ रन बनाए। बलिङमा न्यू होराइजनका निर्मल गुरुङले २ तथा अमर मिश्रा, विप्रसन केसी र महेश भरले समान १–१ विकेट लिए। खेलमा मोहम्मद हुसेन प्लेयर अफ द म्याच भएर १ हजार २ सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजनामा प्रतियोगिताको विजेता टीमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यस्तै म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार २ सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले बताए।

