


काठमाडौं,२८ बैशाख। सरकारले विभिन्न व्यक्ति तथा निकायले सुविधा शीर्षकमा प्रयोग गर्दै आएका ७०१ वटा सरकारी सवारीसाधन फिर्ता ल्याएको जनाएको छ।
उक्त गाडीहरु कर्मचारी, राजनीतिकर्मी, पूर्वपदाधिकारी तथा पहुँचका आधारमा विभिन्न व्यक्तिहरुबाट प्रयोग गरिएको थियो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार, शुक्रबारसम्म ३३ सरकारी निकायबाट ७०१ वटा सरकारी सवारीसाधन फिर्ता संकलन गरिएको जनाएको छ । तथ्यांक अनुसार सबैभन्दा बढी अर्थ मन्त्रालयसँग सम्बन्धित निकायबाट सवारीसाधन फिर्ता ल्याइएको छ ।
त्यस्तै सहरी विकास मन्त्रालय अन्तर्गत प्रयोगमा रहेका ७५ वटा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका ६४ वटा, गृहमन्त्रालय र अन्र्तगत विभागबाट ४७ वटा सवारी फिर्ता गरिएको बताइएको छ।
कुन सरकारी निकायबाट कति वटा गाडी फिर्ता ? हेर्नुहोस् सूची:


