
भैरहवा, जेठ ३ । भैरहवास्थित सिद्धार्थ क्रिकेटमा रंगशालामा जारी ‘पञ्चकन्या रुपन्देही सुपरलिग’ अन्तर्गत ‘ए’ डिभिजनको आइतबारको खेलमा बुद्ध क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै मेलवर्न क्रिकेट एण्ड स्पोर्टिङ क्लबले जित निकालेको छ। प्रतियोगितामा मेलवर्नको यो लगातार दोस्रो जित हो ।
खेलमा १ सय ५८ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको मेलवर्नले ३५ ओभर ४ बलमा ४ विकेट गुमाउँदै सहजै १ सय ५९ रन बनाउँदै जित निकाल्यो । जसका लागि विपिन आचार्यले अविजित ९४ रनको पारी खेले। यस्तै, आदित्य यादवले २३, अर्मन थारुले २० र अशोक धामीले १९ रनको योगदान दिए। बलिङमा बुद्धका विपिन शर्मा, दिलसाद अली, प्रवेज अन्सारी र अमित अग्रहरीले समान १–१ विकेट लिए ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

टस हारेर ब्याटिङको निम्तो पाएको बुद्धले निर्धारित ५० ओभरको खेलमा ३४ ओभर १ बल खेल्दै सबै विकेट गुमाएर १ सय ५७ रन बनायो। उसका लागि मिथिलेश यादवले ५६, दिलसाद अलीले ४०, सुरज पौडेलले २९ र विपिन शर्माले ११ रन बनाए । बलिङमा मेलवर्नका अशोक धामीले ५, रमेश कुर्मी, विपिन आचार्य र आरिफ खानले समान १–१ विकेट लिए । खेलमा विपिन आचार्य प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।
रुपन्देही क्रिकेट संघको आयोजना भइरहेको प्रतियोगिताको विजेता टिमले १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट व्याटर, बेस्ट बलर र उदीयमान खेलाडीले जनही ५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जानकारी दिए ।

