


भैरहवा,५ जेठ । नेपाली कांग्रेस रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा)का सभापति कोसिस बहादुर खड्का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
पार्टी परित्याग गर्दै उनी मंगलबार रास्वपामा प्रवेश गरेका हुन् । पार्टीबाट राजीनामा दिदैं उनले भनेका छन्– ‘जरा अभियान गराउँदै गर्दा तथा पार्टीलाई एक ढिक्का गर्ने नाममा पुरानै कार्यशैलीमा पुरानै र अनपेक्षित व्यक्तिहरुलाई पोषण गर्ने देखिएको र पार्टीभित्र विकसित कार्यशैली, सिद्धान्त र व्यवहारबीच देखिएको असन्तुलन, आन्तरिक लोकतन्त्रको कमजोर अवस्था तथा इमानदार कार्यकर्ताको योगदानको उचित मूल्यांकन हुन नसकेको विषयप्रति गम्भीर असहमति रहेको र पटकपटक आफ्ना धारणा र सुझाव जिल्ला प्रदेश तथा केन्द्रीय स्तरमा राख्दा पनि अपेक्षित सुधार र आत्मसमीक्षा हुन नसकेको अनुभूति भएपछि हामी सम्पूर्ण नेपाली कांग्रेसका सिपाहीहरु सदस्यता त्याग गर्ने निर्णयमा पुगेका छौं।’

कांग्रेसबाट १४ जनाले सामुहिक राजीनामा दिएका छन्। खड्का सहित १५ जना रास्वपामा प्रवेश गरेको बताइएको छ ।
र, यो पनि…
भैरहवामा क–कसले र किन छाडे कांग्रेस ? (पत्रसहित)

