
महोत्तरी,६ जेठ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र देखिएका मतभेद समाधान गर्दै संगठनलाई एकताबद्ध रुपमा अघि बढाउन आवश्यक सबै विषयमा छलफल गर्न आफू तयार रहेको बताएका छन् ।
महोत्तरीको बर्दिबासमा बुधबार आयोजित प्रदेश तथा स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले सहमतिका आधारमा पार्टी सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

उनले पार्टीभित्रका असन्तुष्ट पक्षका भावना सम्बोधन गर्दै संगठनलाई एकढिक्का बनाएर अघि बढाउने प्रयास जारी रहने बताए ।
यस क्रममा उनले संस्थापनइतर समूहका नेताहरूलाई क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियामा अवरोध नगर्न आग्रह गरे। सदस्यता व्यवस्थापन पार्टी सुदृढीकरणका लागि महत्वपूर्ण भएकाले यसलाई विवादको विषय नबनाउन उनले बताए ।
क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियाप्रति भइरहेको विरोधप्रति आफू आश्चर्यचकित भएको उल्लेख गर्दै थापाले पार्टी सदस्यले आवश्यक अनुसार नवीकरण गर्न पाउनुपर्ने धारणा राखे ।
उनले पार्टी अनुशासनबारे बोल्दै आधिकारिक उम्मेदवारविरुद्ध मतदान वा असहयोग स्वीकार्य नहुने स्पष्ट पारे । गत निर्वाचनमा पार्टी उम्मेदवारलाई असहयोग गर्नेहरुलाई केही समयका लागि सदस्यताबाट अलग राखिएको नीति दोहोर्याउँदै उनले यसलाई संगठनात्मक अनुशासनको विषय भएको बताए ।

