
भैरहवा,१२ जेठ। जल तथा मौसम विज्ञान विभागले बिहीवार (आज) दिउँसो रुपन्देहीसहितका केही जिल्लामा तीव्र गतिको हावाहुरी चल्ने भएकोले सतर्कता अपनाउन आग्रह गरेको छ।
विभागले आज सूचना जारी गर्दै हावाहुरीले छाना उडाउने, रुख र पोल ढल्ने जोखिम हुने भएकाले सतर्क रहन विभागले आग्रह गरेको हो ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

विभागका अनुसार, यी हुन् हावाहुरीबाट प्रभावित हुने जिल्लाहरु :
लुम्बिनी प्रदेश : रुपन्देही सहित आसपासका जिल्ला
बागमती प्रदेश : मकवानपुर र चितवन सहित आसपासका जिल्ला
गण्डकी प्रदेश : नवलपुर र तनहुँ सहित आसपासका जिल्ला
कोशी प्रदेश : झापा र मोरङ सहित आसपासका जिल्ला
मधेश प्रदेश : बारा, पर्सा, सर्लाही र धनुषा सहित आसपासका जिल्ला ।

