Close Menu
    What's Hot

    लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्ति विवाद : संयोजक अकरम पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १२:०४ गते

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १७:२१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    विशेष

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:३५ गते0
    प्रमुख समाचार

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:२१ गते0
    प्रमुख समाचार

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:१५ गते0
    विशेष

    लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ रिहा

    क्लिक लुम्बिनी२०८३ कार्तिक ११, मंगलवार १७:०२ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » नेपाल–भारत पत्रकारिताबीच सहकार्य विस्तारमा जोड
    अन्तर्राष्ट्रिय

    नेपाल–भारत पत्रकारिताबीच सहकार्य विस्तारमा जोड

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ जेष्ठ १७, आईतवार १३:१९ गते
    advertisement
    advertisement
    advertisement

    भारत (गोरखपुर) ,१७ जेठ। हिन्दी पत्रकारिताको २०० वर्ष पूरा भएको अवसरमा भारतको गोरखपुरमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेपाल र भारतका सञ्चारकर्मीहरूले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई अझ सुदृढ बनाउँदै पत्रकारिता क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।

    मान्यता प्राप्त प्रेस क्लब, गोरखपुर र गोरखपुर जर्नालिस्ट प्रेस क्लबको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा पत्रकारिताको बदलिँदो स्वरुप, खोज पत्रकारिता, सीमापार सहकार्य तथा नेपाल–भारत सम्बन्धलाई सञ्चार माध्यममार्फत थप सुदृढ बनाउने विषयमा व्यापक छलफल भएको थियो।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    कार्यक्रममा वरिष्ठ पत्रकार तथा आजतक टेलिभिजनका प्रतिनिधि गजेन्द्र त्रिपाठीले नेपाल र भारतबीच रहेका साझा समस्या, सामाजिक सरोकार र जनचासोका विषयमा दुवै देशका सञ्चारमाध्यमले समन्वयात्मक ढङ्गले काम गर्नुपर्ने आवश्यकता औंल्याए। पत्रकारिताले दुई देशका नागरिकबीच विश्वास, समझदारी र आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

    त्यस्तै दैनिक जागरणका पूर्वसम्पादक कमलेश त्रिपाठीले नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक र सामाजिक सम्बन्धलाई पत्रकारितामार्फत थप सशक्त बनाउनुपर्ने बताए। उनले खोज पत्रकारिताका क्षेत्रमा संयुक्त रुपमा काम गर्न सके सीमापार मुद्दाहरुको प्रभावकारी रुपमा उजागर गर्न सकिने धारणा व्यक्त गरे।

    प्रेस ट्रस्ट ऑफ इंडियाका वरिष्ठ पत्रकार आनन्द रायले हिन्दी पत्रकारिताको दुई सय वर्षे यात्राले समाजमा चेतना, लोकतान्त्रिक मूल्य र जनउत्तरदायित्व प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरे।

    कार्यक्रममा राष्ट्रीय सहारा पूर्व सम्पादक अनिल पाण्डेले पत्रकारिताको विश्वसनीयता, तथ्यमा आधारित समाचार सम्प्रेषण तथा बदलिँदो सञ्चार परिवेशमा व्यावसायिक पत्रकारिताको महत्वबारे धारणा राखे। उनले पत्रकारिताले समाजलाई सही दिशा दिनुपर्ने जिम्मेवारी वहन गरेको बताउनुभयो ।

    नेपालका तर्फबाट लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले नेपाल र भारतबीचको सम्बन्धलाई थप सुदृढ बनाउन पत्रकारिताले पुलको भूमिका निर्वाह गर्न सक्ने बताए। उनले सीमा क्षेत्रका साझा सवाल, पर्यटन, संस्कृति, व्यापार तथा जनस्तरका सम्बन्धलाई थप मजबुत बनाउन दुवै देशका पत्रकारबीच नियमित संवाद र सहकार्य आवश्यक रहेको उल्लेख गरे।

    उनले नेपाल र भारतका सञ्चारकर्मीबीच अनुभव आदानप्रदान, संयुक्त अध्ययन तथा खोजमूलक पत्रकारिताका कार्यक्रम सञ्चालन गरी पत्रकारितालाई थप सशक्त बनाउने दिशामा लुम्बिनी प्रेस क्लबले सहकार्य गर्न तयार रहेको बताए।

    हिन्दी पत्रकारिता र पत्रिकाहरुको यात्रा ३० मे १८२६ मा कलकत्ता (हालको कोलकाता) बाट पण्डित जुगल किशोर शुक्लले प्रकाशन गरेको पहिलो हिन्दी समाचारपत्र ‘उदन्त मार्तण्ड’ बाट सुरु भएको हो।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    गोरखपुर गोरखपुर जर्नालिस्ट प्रेस क्लब प्रेस क्लब गोरखपुर भारत
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    सिद्धार्थनगर सिटी हस्पिटलमा मंसिरदेखि मुटुरोगसम्बन्धी उपचार सेवा

    २०८३ कार्तिक ११, मंगलवार १७:३५ गते

    ३४ ग्राम खैरो हेरोइन र साढे पाँच लाखसहित चार जना पक्राउ

    २०८३ कार्तिक ११, मंगलवार १७:२१ गते

    नेपाली समाजमा विद्वानको योगदानलाई चिन्न नसक्ने प्रवृत्ति: ओली

    २०८३ कार्तिक ११, मंगलवार १७:१५ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.