


भैरहवा,२३ जेठ। पूर्व अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले रुपन्देही क्रिकेट संघको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
शनिबार लुम्बिनी खुकुरी क्लबले भैरहवामा आयोजना गरेको पत्रकार सम्मेलनमा गौचनले आगामी जेठ २५ गते हुने संघको निर्वाचनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने जानकारी दिएका हुन्।

उनले क्रिकेट क्षेत्रमा आफूले गरेको २५ वर्षभन्दा लामो योगदानलाई रुपन्देही क्रिकेटको विकास र विद्यमान समस्याको समाधानमा केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले भौतिक पूर्वाधार नभएसम्म खेलको विकास नहुने भन्र्दै रुपन्देही क्रिकेटको विकासका लागि आफुसँग धेरै योजना रहेको र निर्वाचित भएपछि छर्लङ्ग देखिने बताए ।
एक समय खेलाडी उत्पादनको प्रमुख केन्द्रका रुपमा परिचित रुपन्देहीमा पछिल्लो समय प्रतिभावान खेलाडी उत्पादनमा कमी देखिएको उल्लेख गर्दै गौचनले आफ्नो मुख्य ध्यान ग्रासरुट क्रिकेट विकासमा रहने बताए।

