
भैरहवा,२५ जेठ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले नगरभित्रका विद्यालयहरुमा चार दिन विदा गरेको छ।
अत्यधिक गर्मीका कारण विद्यार्थीहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा ४ दिनका लागि बिदा दिने निर्णय भएको सिद्धार्थनगर नगरपालिकाको कार्यालयले जनाएको छ।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

नगर शिक्षा समितिको निर्णयअनुसार ०८३ जेठ २६, २७, २८ र २९ गते विद्यालय बन्द रहनेछन्। पालिकाले सोमबार एक सूचना जारी गर्दै विद्यालयहरुलाई सोहीअनुसार बिदा कार्यान्वयन गर्न निर्देशन दिएको छ।
कमेन्ट गर्नुस्

