
भैरहवा,२६ जेठ। रुपन्देही क्रिकेट संघको अध्यक्षमा पुनः हरिबहादुर थापा निर्वाचित भएका छन्।
सोमबार भैरहवामा भएको संघको ३० औं वार्षिक साधारण सभा तथा पाँचौ अधिवेशनमा क्रिकेटर शक्ति गौचनलाई २० मतान्तरले पराजित गर्दै उनी पुनः अध्यक्षमा निर्वाचित भएका हुन्।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

प्रमुख निर्वाचन अधिकृत कुलमणि ज्ञवालीका अनुसार, थापाले ६९ मत प्राप्तगरी निर्वाचित हुँदा गौचनले ४९ मत प्राप्त गरे। अघिल्लो अघिवेशनमा पनि अध्यक्ष पदमा थापा र गौचनबीचको प्रतिस्पर्धामा थापा निर्वाचित भएका थिए।
त्यस्तै उपाध्यक्षमा खेमराज भुसाल, सचिवमा उदयकुमार मल्लिक र कोषाध्यक्षमा धीरज अधिकारी क्षत्री निर्वाचित भएका छन् ।
संघको महिला सदस्यमा उमा अधिकारी र अन्य सदस्यमा प्रशान्तविक्रम मल्ल, निरजप्रताप खाँण, पुनित पोखरेल, मनोज भण्डारी, भुवन पाण्डे, विजयसिंह ज्ञवाली, कृष्णकुमार कुँवर, ज्वालेसप्रसाद प्रधान, अन्तिम थापा र ताराप्रसाद पाठक निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। १२६ मतदाता रहेको संघमा १ सय १९ मतदाता मतदान गरेका थिए।

