
काठमाडौं,२६ जेठ। बालेन्द्र शाह नेतृत्वको सरकारमा सुधन गुरुङ फेरि गृहमन्त्री बनाउने तयारी गरिएको छ । जसका लागि आजै ३ बजे उनको सपथग्रहणको तयारी रहेको चर्चा छ।
गोरखामा आयोजित एक कार्यक्रममा पनि गुरुङले त्यसको संकेत गरेका थिए। आज मन्त्रिपरिषद् बैठकपश्चात शिक्षामन्त्री सस्मित पोखरेलले गुरुङमाथि छानबिन गर्न बनेको प्रतिवेदन ग्रहण गर्ने निर्णय भएको जानकारी दिए।
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

सञ्चारकर्मीले ३ बजे सुधन गुरुङले गृहमन्त्रीको सपथ ग्रहण गर्ने हो भन्ने प्रश्नमा पोखरेलले अहिले अध्ययन समितिको प्रतिवेदन ग्रहण गर्ने मन्त्रिपरिषद्को निर्णय भएको त्यसपश्चात निर्णय हुने बताए।
उनले भने, ‘अहिले अध्ययन समितिको प्रतिवेदन ग्रहणमात्र निर्णय भयो। त्यो फाइल अध्ययन गरेर शपथ ग्रहण हुने होला नि पछि गर्नुपर्यो भने । तर अहिलेसम्म त्यस्तो निर्णय भएको छैन।’

