


भैरहवा, २७ जेठ। नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवाले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका-१० (भैरहवा) का श्रीकान्त उपाध्याय रहेको प्रहरीले जनाएको छ।

नेपाल प्रहरी प्रदेश कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक दिपक महत क्षेत्रीद्वारा जारी विज्ञप्ती अनुसार, अदालतबाट एक हजार रुपैयाँ जरिवाना सजाए फैसला भएको चेक अनदार मुद्दाको फरार प्रतिवादी उपाध्यायलाई फैसला कार्यान्वयनको सिलसिलमा पक्राउ गरिएको हो।
नेपाल प्रहरी प्रदेश कार्यालयबाट खटिएको टोलीले बुधवार सिद्धार्थनगर नगरपालिका वडा नं. १० बाट उपाध्यायलाई पक्राउ गरी रुपन्देही जिल्ला अदालतमा पेश गरेको प्रहरीले जनाएको छ।

