


दाङ,३१ जेठ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेशकको सभापतिमा शालिकराम घिमिरे निर्वाचित भएका छन्।
दाङको घोराहीमा भएको अधिवेशनमा सभापति पदका ६ जना प्रतिस्पर्धी थिए। सभापतिका उम्मेदवारहरुमध्ये सबैभन्दा बढी शालिकराम घिमिरेले १ सय ९९ र दोस्रोमा गोपाल घिमिरेले ८७ मत प्राप्त गरेका थिए। त्यस्तै गणेश पौडे्लले ८४ मत, बाँकेका डा.राजकुमार सुवेदीले ८०, मञ्जु भुसालले ७१, मधुप्रसाद अर्यालले १९ मत प्राप्त गरेका थिए।

रास्वपाको विधानमा सभापति पदको उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्नु पर्ने व्यवस्था छ। मुख्य निर्वाचन अधिकृत गोकुल सापकोटाका अनुसार, सबैभन्दा धेरै मत प्राप्त गरेका उम्मेदवारमध्ये दोस्रो स्थानमा रहेका घिमिरेले समर्थन गरेपछि शालिकरामलाई सभापति घोषणा गरिएको हो।

