
काठमाडौं,३१ जेठ। काठमाडौं महानगरपालिकाले युवा लक्षित स्वरोजगार, उद्यमशीलता प्रवर्द्धन तथा रोजगारी सिर्जना गर्ने उद्देश्यले सहुलियतपूर्ण कर्जा कार्यक्रम सञ्चालन गर्ने भएको छ। आर्थिक वर्ष २०८३र८४ को नीति तथा कार्यक्रममार्फत महानगरले यस्तो व्यवस्था अघि सारेको हो।
नगर सभाको १९औँ अधिवेशनको पहिलो बैठकमा कार्यवाहक मेयर सुनिता डंगोलले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा भनिएको छ, ‘महिला, बालबालिका, ज्येष्ठ नागरिक, आदिवासी, जनजाति, अपांगता भएका व्यक्ति, दलित, संरक्षणविहीन व्यक्ति, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक, एकल महिला, सहिदका परिवार लगायत पछाडि परेका समुदायको विकासका लागि लक्षित वर्गमैत्री सशक्तीकरण कार्यक्रम सञ्चालन गरिनेछ । एक वडा एक नमुना कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा दिगोपना सुनिश्चित हुने गरी एक वडा एक नमुना कार्यक्रमलाई संस्थागत गरिनेछ। ज्येष्ठ तथा अशक्त नागरिकसँग महानगर अभियान सञ्चालन गरी ज्येष्ठ तथा अशक्त नागरिकको घरमै स्वास्थ्य तथा परामर्श सेवा निस्शुल्क उपलब्ध गराइनेछ । ७५ वर्ष उमेर पुरा भएका वरिष्ठ ज्येष्ठ नागरिकहरु तथा पूर्ण अशक्त अपाङ्गता भएका महानगरवासीलाई पोषण भत्ता उपलब्ध गराइनेछ।’
Advertisement
Advertisement

Advertisement
Advertisement
Advertisement
Advertisement

त्यसैगरी, महानगरपालिकाले सहयोगापेक्षी सडक आश्रित मानवमुक्त काठमाडौंको घोषणालाई साझेदार निकायहरुसँगको समन्वय र सहकार्यमा प्रभावकारी रुपमा कार्यान्वयन गर्ने जनाएको छ।
‘मानवीयताको सहर’ भन्ने मूल सन्देशलाई व्यवहारमा उतार्दै आधुनिक तथा परम्परागत ज्ञान, सीप र कलाको प्रमाणीकरण गरी प्रमाणपत्र प्रदान गर्ने व्यवस्था समेत गरिने नीति तथा कार्यक्रममा उल्लेख छ।

