


काठमाडौं,१६ असार। साउदी अरेबिया सरकारले ३३ जना नेपाली नागरिकहरुलाई आममाफी दिएको छ।
साउदी अरेबियामा कानुन उल्लघंन गरी कारगारमा सजाए भुक्तान गरिरहेका ३३ जना नेपालीलाई साउदी सरकारले आममाफी दिएको हो।

परराष्ट्र मन्त्रालयका अनुसार, रमजान पर्वको अवसरमा साउदी सरकारले ३३ जना नेपालीहरुलाई आममाफी दिएको हो।
परराष्ट्र मन्त्रालयद्वारा मंगलबार जारी गरेको विज्ञप्तिमा यो कदम नेपाल र साउदी अरबबीचको लामो समयदेखिको मित्रता, सद्भाव र सौहार्दपूर्ण द्विपक्षीय सम्बन्धको प्रतीक भएको उल्लेख गरिएको छ।
मन्त्रालयका अनुसार साउदी अरबस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारले गरेको अनुरोधपछि ती नेपाली नागरिकलाई आममाफी दिइएको र कानुनी प्रक्रिया पश्चात उनीहरु नेपाल फर्किने छन्।

