


काठमाडौं,२१ असार। नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक (आईजी) द्वय दानबहादुर कार्की र नारायणदत्त पौडेल अमेरिका प्रस्थान गरेका छन्।
नेपाल प्रहरीक प्रवक्ता डीआईजी अविनारायण काफ्लेका अनुसार, ‘युनाइटेड नेसन्स चिफ्स अफ पोलिस समिट’ मा सहभागी हुन उनीहरु आइतबार अमेरिका प्रस्थान गरेका हुन्।

असार २३ देखि २४ गतेसम्म संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा सञ्चालन हुने उक्त समिटमा उनीहरु सहभागी हुनेछन् ।
उनीहरु अमेरिका प्रस्थान गरेसँगै नेपाल प्रहरीको निमित्त महानिरीक्षकको जिम्मेवारी एआईजी राजन अधिकारीलाई र सशस्त्र प्रहरीको निमित्त महानिरीक्षकको जिम्मेवारी एआईजी वंशी दाहाललाई दिइएको छ।

