


काठमाडौं,७ साउन । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित दुईजना भारतीय नागरिकलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेहरुमा भारत मणिपुरको २० वर्षीया मोना देवी लोङजाम र २३ वर्षीया ओइनाम एली रहेका छन्।

थाइल्याण्डको बैंकक हुँदै नेपाल आएका उनीहरुको शंकास्पद गतिविधिपछि जाँच गर्ने क्रममा साथमा रहेको सुटकेसबाट ८ किलो गाँजा बरामद भएको लागुऔषध नियन्त्रण ब्यूरोले जनाएको छ ।
पक्राउ परेका महिलाहरुको साथबाट गाँजासहित दुई थान राहदानी, दुई थान मोबाइल फोन बरामद भएको र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

