


दाङ,१५ साउन। लुम्बिनी प्रदेश सरकारले सम्झौतामा तोकिएको समयभन्दा अघि नै सडक तथा पुल निर्माण सम्पन्न गर्ने निर्माण व्यवसायीलाई सम्मान गरेको छ।
शुक्रवार भौतिक पूर्वाधार विकास मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को वार्षिक समीक्षा कार्यक्रमका अवसरमा विभिन्न जिल्लामा समयभन्दा अघि नै निर्माण सक्ने निर्माण कम्पनी तथा निर्माण व्यवसायीलाई सम्मान गरेको हो ।

जय बागेश्वरी–बर्दिया व्ल्याक–बक खुमचन्द्र जे.भी.का सन्तोष केसी, एसियाटिक–लुम्बिनी जे.भी. बुटवलका नरप्रसाद शेरचन, वागेश्वरी–ओमकार–ओम जे.भी. रुपन्देहीका विजय लोध, श्रीराम सैनामैना जेभि सैनामैनाका रामप्रसाद पाण्डे, आँसु निर्माण सेवा विजुवार प्युठानका बालाजु श्रेष्ठलाई सम्मान गरिएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै शारदा निर्माण सेवा प्राली तुलसीपुरका जय बहादुर खत्री, राजविर निर्माण सेवा प्राली रोल्पाका राजविर घर्तीमगर, भगवती (अलकापुरी आरएजेभी) तिलोत्तमाका चित्रबहादुर श्रेष्ठ, राजेश्वरी कन्स्ट्रक्सन प्राली गुल्मीका भागवत गिरी, पिएसिएल लाइनियर जे.भी. बुटवलका ऋषिराम अधिकारीलाई सम्मान गरिएको छ।

