


भारत, २९ साउन। भारतको झारखण्डमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना हुँदा १० वर्षीय बालकसहित तीन जनाको मृत्यु भएको छ। दु
रौतहटबाट भारतको प्रसिद्ध धार्मिक स्थल बाबा वैद्यनाथ धाम र बासुकीनाथको दर्शन तथा पूजाआजा गरी फर्किंदै गरेको तीर्थयात्री सवार बस झारखण्डको कोडरमा जिल्लास्थित पोखरडीहा मोडनजिकै ट्रकसँग ठोक्किएर दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार, दुर्घटनामा मृत्यु हुनेमध्ये रौतहटका १० वर्षीय शिवम कुमारको पहिचान खुलेको छ। अन्य दुई मृतकको भने पहिचान हुन नसकेको स्थानीय प्रहरीले जनाएको छ।
बसमा करिब ४५ जना तीर्थयात्री सवार रहेको बताइएको छ। जसमध्ये १० जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार जारी रहेको छ ।

