


काठमाडौं,२ भदौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका आन्तरिक राजस्व कार्यालय लहान, सिरहाका कर अधिकृत युवराज एमएस पाल र चार्टर्ड एकाउन्टेन्ट राम रिझन यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले मंगलबार दुवैजनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो। अनुसन्धानका क्रममा आर्थिक वर्ष २०७८र७९ देखि सेवाग्राहीको लेखापरीक्षण तथा कर निर्धारणसम्बन्धी काम गरिदिने र कर फर्छ्यौट गराइदिने भन्दै उनीहरुले ५ लाख रुपैयाँ घुस लिएको अनुसन्धानबाट पुष्टि भएको अख्तियारले जनाएको छ।

अनुसन्धानको क्रममा पाल र यादवबीचको मिलेमतोमा सेवाग्राहीसँग रकम असुलिएको पुष्टि भएपछि दुवैजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

