


काठमाडौं,२ भदौ। नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेशसभा सदस्य प्रकाशबहादुर देउवाको पद रिक्त भएको छ।
प्रदेशसभा सचिवालयका अनुसार, संविधानमा भएको व्यवस्थाबमोजिम सभामुख भीमबहादुर भण्डारीले देउवाको प्रदेशसभा सदस्य पद रिक्त गर्ने निर्णय गरेका हुन्।

देउवा पूर्वजानकारी नदिई लामो समयदेखि प्रदेशसभा बैठकमा अनुपस्थित रहँदै आएका थिए। उनी लगातार २७ वटा बैठकमा सहभागी नभएको सचिवालयले जनाएको छ।
देउवा पछिल्लो ११ महिनादेखि अमेरिकामा रहेको बताइएको छ। लामो समयसम्म बैठकमा अनुपस्थित रहे पनि त्यसबारे प्रदेशसभा सचिवालयलाई आवश्यक जानकारी नदिएको आधारमा सभामुखले पदमुक्त गर्ने निर्णय गरेका हुन्।

