


कपिलवस्तु,३ भदौ। कपिलवस्तुमा ५ नाल भरुवा बन्दुक बरामद भएको छ ।
जिल्ला वाणगंगा नगरपालिका–९ जिनुवास्थित कालिका सामुदायिक वनमा बेवारिसे अवस्थामा ५ नाल भरुवा बन्दुक बरामद भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

प्रहरीका अनुसार, फेला परेका बन्दुकमध्ये ३ नाल साबुत अवस्थामा रहेका छन् भने २ नाल बेसाबुत अवस्थामा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको छ।
कमेन्ट गर्नुस्

