


काठमाडौं,३ भदौ। प्रतिनिधिसभाको बैठकमा सरकार र पार्टीका सांसदहरुबीच नै असमझदारी देखिन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छलफल गरेका छन्।
संसदीय दलको कार्यालय सिंहदरबारमा सरकारको काम र संसदीय भूमिका प्रभावकारी बनाउने विषयमा छलफल जारी रहेको छ।

दलको बैठकमा पछिल्ला दिनमा देखिएका समसामयिक राजनीतिक विषयमा पनि छलफल भइरहेको छ। पार्टीको नीति र अनुशासन विपरीत सांसद बोल्न थालेपछि पार्टी सभापति रवि लामिछानेले विशेष निर्देशन दिने बताइएको छ।
सदनमा विधि र प्रक्रियाको पालना नगरेको भन्दै रास्वपा सांसदको आलोचना हुँदै आएको छ। संसदीय दलका नेता रास्वपाका वरिष्ठ नेता एवम् प्रधानमन्त्री भएपछि उनी बैठकमा सहभागी छैनन्। बैठकमा रास्वपाका मन्त्री र सांसद सहभागी छन्।

