

भैरहवा,४ भदौ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आज शोक बिदा दिएको छ। नगर कार्यपालिका सदस्य सुभावती चमारको निधनमा नगरपालिकाले शोक बिदा दिएको हो।
नगरप्रमुख इश्तियाक अहमद खाँका अनुसार, सुभावतीको भदौ ३ गते बुधबार राती आफ्नै निवासमा निधन भएको हो।
Advertisement

Advertisement
Advertisement
‘सुभावती चमारले नगरपालिकाको विकास, सुशासन र जनसेवामा पुर्याउनुभएको योगदान सदा स्मरणीय रहनेछ’, नगरपालिकाद्वारा जारी सूचनामा भनिएको छ,‘दुःखद घडीमा सिद्धार्थनगर नगरपालिका परिवार दिवंगत आत्माको बैकुण्ठबासको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रतिन गहिरो समवेदना व्यक्त गर्दछौं।’
सिद्धार्थनगर नगरपालिका वडा नम्बर ११ निवासी सुभावती नेकपा (एमाले) बाट निर्वाचित भएकी थिइन्।



