


काठमाडौं,४ भदौ। नेपालको स्थानीय बजारमा सुनको मूल्य एकैदिन प्रतितोला ९ हजार ३ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँमा किनबेच भइरहेको छ। बुधवार सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँ कायम भएको थियो ।

त्यस्तै बुधवार चाँदी प्रतितोला ४ हजार ५९५ रुपैयाँमा कारोबार भएकोले बिहीवार २६० रुपैयाँले बढेर प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
कमेन्ट गर्नुस्

