

भैरहवा, ४ भदौ। रुपन्देहीमा पछिल्लो साउन महिनामा महिला छिमेकी सँग झगडाको घटनामा कमी आएको छ।
गत असार महिनामा मात्रै जिल्लामा महिला छिमेकी सँगको झगडा भएको भन्दै प्रहरी कार्यालयमा ६३ वटा घटना (ठाडो निवेदन) दर्ता भएको थियो।
Advertisement

Advertisement
Advertisement
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सार्वजनिक गरेको साउन महिनाको विवरण अनुसार, साउनमा महिनामा जिल्लामा महिला छिमेकीसँग झगडाको ४४ वटा ठाडो निवेदन प्रहरी कार्यालयमा दर्ता भएको थियो। जसमध्ये २४ वटा निवेदनउपर छलफल गरी मिलापत्र गराइएको छ।
४४ वटा उक्त घटनामा सबैभन्दा बढी १९ वर्षदेखि ५९ वर्ष उमेरसमूहका ४२ जना व्यक्ति संग्लन रहेको विवरणमा उल्लेख छ।



