

काठमाडौं,४ भदौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रेस खरिद प्रकरणमा विस्तृत अनुसन्धान भइरहेको जनाएको छ।
बिहीबार प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा आयोगका निमित्त सचिव पद्म मैनालीले सेक्युरिटी प्रेस खरिदका क्रममा ७० करोड रुपैयाँ कमिसनको मोलमोलाई भएको विषयमा अनुसन्धान जारी रहेको जानकारी दिए।
Advertisement

Advertisement
Advertisement
मैनालीका अनुसार, सार्वजनिक लेखा समितिबाट प्राप्त करिब १० वटा निर्देशनमध्ये सेक्युरिटी प्रेस खरिदसम्बन्धी विषयलाई आयोगले अध्ययन तथा अनुसन्धान गरिरहेको छ।
यस प्रकरणमा तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटाको नाम जोडिएको छ। बास्कोटा र सुरक्षण मुद्रण प्रेसका लागि स्वीस कम्पनीका नेपाल एजेन्ट विजयप्रकाश मिश्रबीच खरिद लागत तथा त्यसबाट आउने भनिएको ७० करोड रुपैयाँ कमिसनबारे भएको कुराकानीको अडियो सार्वजनिक भएपछि प्रकरण चर्चामा आएको थियो।
त्यस्तै, निमित्त सचिव मैनालीले राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालसँग सम्बन्धित दुई–तीनवटा उजुरीसमेत विस्तृत अनुसन्धानको प्रक्रियामा रहेको समितिलाई जानकारी गराए।



