

उदयपुर, ४ भदौ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालय घुससहित एक जना वन अधिकृतलाई पक्राउ गरेको छ।
उदयपुरका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले अख्तियारले डिभिजन वन कार्यालय गाईघाटका अधिकृत भुवन पौडेल घुसरकम सहित पक्राउ गरेको जानकारी दिए।
Advertisement

Advertisement
Advertisement
सामुदायिक वन उपभोक्ता समूहसँग सहज रुपमा काम गराइदिने भन्दै अधिकृत पौडेलले १६ हजार २५० रुपैँया घुस लिदैं गरेको अवस्थामा अख्तियारले पक्राउ गरेको बताइएको छ।
कमेन्ट गर्नुस्



