Close Menu
    What's Hot

    जनमत पार्टीको अध्यक्षमा पुनः सीके राउत, अन्य पदमा को-को निर्वाचित ?

    २०८३ आश्विन १८, आईतवार १४:३४ गते

    लुम्बिनी प्रदेशको स्वास्थ्य समिक्षा : अस्पतालभित्रको चुहावट नियन्त्रण गर्न मुख्यमन्त्रीको निर्देशन

    २०८३ आश्विन १८, आईतवार १४:०७ गते

    अपहरण गरेको आरोपमा रुपन्देहीमा युवक पक्राउ

    २०८३ आश्विन १८, आईतवार ११:५१ गते

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    प्रमुख समाचार

    जनमत पार्टीको अध्यक्षमा पुनः सीके राउत, अन्य पदमा को-को निर्वाचित ?

    क्लिक लुम्बिनी२०८३ आश्विन १८, आईतवार १४:३४ गते0
    प्रमुख समाचार

    लुम्बिनी प्रदेशको स्वास्थ्य समिक्षा : अस्पतालभित्रको चुहावट नियन्त्रण गर्न मुख्यमन्त्रीको निर्देशन

    क्लिक लुम्बिनी२०८३ आश्विन १८, आईतवार १४:०७ गते0
    राजनीति

    भैरहवाका २६ वर्षीय ओजश शर्माले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

    क्लिक लुम्बिनी२०८३ आश्विन १८, आईतवार १३:५० गते0
    मेन स्टोरी

    कृष्णकुमारी बस्नेतले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

    क्लिक लुम्बिनी२०८३ आश्विन १८, आईतवार १३:२१ गते0
    Facebook X (Twitter) Instagram
    CLICKLUMBINI
    • होमपेज
    • समाचार
    • राजनीति
    • अर्थ
    • सुरक्षा/अपराध
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    CLICKLUMBINI
    Home » लुम्बिनीका मुख्यमन्त्रीले भने–पहिरो पीडितलाई राहतमा कमी हुन दिँदैनौँ
    फोकस लुम्बिनी

    लुम्बिनीका मुख्यमन्त्रीले भने–पहिरो पीडितलाई राहतमा कमी हुन दिँदैनौँ

    क्लिक लुम्बिनीक्लिक लुम्बिनी२०८३ भाद्र ५, शुक्रबार १३:५९ गते
    फाइल फोटो ।
    advertisement
    advertisement
    advertisement

    दाङ,५ भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले रोल्पामा मनसुनजन्य विपदबाट प्रभावित परिवारलाई सरकारले उपलब्ध गराउनुपर्ने राहतमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।

    प्रदेश विपद् व्यवस्थापन परिषद्को १५औँ बैठकमा बोल्दै मुख्यमन्त्री आचार्यले रोल्पामा विपद्बाट ठूलो जनधनको क्षति भएकाले प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने, क्षतिग्रस्त सडक तथा पूर्वाधार मर्मत गर्ने विषयमा सरकारले महत्वपूर्ण निर्णय गरेको बताए।

    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement
    advertisement Advertisement advertisement

    ‘घटना घट्न नहुने थियो । तर, घटना घटिसकेको छ । सरकारको तर्फबाट पीडितहरूले पाउनुपर्ने राहत समयमै उपलब्ध गराउन सके पीडित परिवारले त्यसलाई मल्हमका रुपमा लिनुहुनेछ,’ उनले भने, ‘प्रदेश सरकारको तर्फबाट तत्काल राहत सामग्री पठाउने काम भएको छ ।’

    मुख्यमन्त्री आचार्यले विपद् प्रभावित क्षेत्रमा खानेपानी, सडक पूर्वाधार तथा सिँचाइका समस्या समाधान गर्न सम्बन्धित मन्त्रालय र मातहतका निकायलाई सक्रिय रूपमा परिचालन गर्न निर्देशन दिए।प्रदेश सरकारले गर्नुपर्ने काममा कुनै कमी हुन नदिने उनको भनाइ छ।

    रोल्पामा विपद् भएपछि तत्काल खोज तथा उद्धारमा सक्रियता देखाएको भन्दै मुख्यमन्त्री आचार्यले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको प्रशंसा गरे। तीनवटै सुरक्षा निकायका प्रमुख घटनास्थलमै पुगेर उद्धार कार्यमा जुटेको उल्लेख गर्दै उनले सुरक्षा निकायप्रति धन्यवाद व्यक्त गरे ।

    विपद्बाट घाइते भएकाहरुको प्रादेशिक अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गरिएको उनले जानकारी दिए। भविष्यमा यस्ता घटना दोहोरिन नदिन तथा विपद्बाट हुने क्षति न्यूनीकरण गर्न सम्बन्धित लाइन एजेन्सीलाई थप सक्रिय बनाउनुपर्नेमा उनले जोड दिए। विपद् भएलगत्तै खोज तथा उद्धारलाई तीव्रता दिनुपर्ने भन्दै मुख्यमन्त्री आचार्यले उद्धारमा ढिलाइ हुँदा पीडित परिवारले थप पीडा भोग्नुपर्ने बताए।

    उनले मनसुन अझै नसकिएकाले भदौको अन्तिमतिर समेत ठूलो वर्षा हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर सबै सरकारी निकायलाई पूर्वतयारी अवस्थामा राख्न निर्देशन दिए। सम्भावित विपद्को जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी र प्रतिकार्य योजना प्रभावकारी बनाउन पनि उनले आग्रह गरे।

    कमेन्ट गर्नुस्
    • क्लिक लुम्बिनी

    advertisement
    advertisement
    चेतनारायण आचार्य पहिरो पीडित लुम्बिनी प्रदेश विपद् घटना
    क्लिक लुम्बिनी
    • Website

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    सम्बन्धित सामग्री

    लुम्बिनी प्रदेशको स्वास्थ्य समिक्षा : अस्पतालभित्रको चुहावट नियन्त्रण गर्न मुख्यमन्त्रीको निर्देशन

    २०८३ आश्विन १८, आईतवार १४:०७ गते

    भैरहवाका २६ वर्षीय ओजश शर्माले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

    २०८३ आश्विन १८, आईतवार १३:५० गते

    कृष्णकुमारी बस्नेतले कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

    २०८३ आश्विन १८, आईतवार १३:२१ गते
    advertisement Advertisement advertisement advertisement Advertisement advertisement Advertisement advertisement

    गौतम बुद्धको जन्मस्थलको नामबाट नामाकरण भएको लुम्बिनी प्रदेशको समग्र गतिविधि पस्किने थलो हो, क्लिक लुम्बिनी डटकम । तपाईंहरुको कुनै सल्लाह, सुझाव र प्रतिक्रिया भए ईमेल गर्नुहोला ।

    Email Us: clicklumbini@gmail.com

    Facebook WhatsApp

    नेपाल वारिस मिडिया प्रा.लि.द्वारा सञ्चालित

    प्रकाशक : सलमान खान
    सूचना तथा प्रसारण विभाग दर्ता नं.: ४४८२-२०८०/०८१
    प्रधान कार्यालय : सिद्धार्थनगर नगरपालिका, रुपन्देही ।
    सम्पर्क नम्बर : +977-9857020141

    Post Author
    • क्लिक लुम्बिनी

    Type above and press Enter to search. Press Esc to cancel.