

काठमाडौं,९ भदौ। काठमाडौंको नयाँ बानेश्वरमा ड्यूटीमा खटिएकी महिला प्रहरीमाथि एक युवकले हातपात गरेका छन्।
ट्राफिक व्यवस्थापनमा खटिएकी सामुदायिक प्रहरीमाथि हातपात भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
Advertisement

Advertisement
Advertisement
परिसरका प्रवक्ता दानबहादुर थापाका अनुसार, सडक पार गर्नका लागि आकाशे पुलको प्रयोग गर्न सुझाव दिएपछि उक्त पुरुषले महिला प्रहरीमाथि मुक्का हानेका थिए।
हातपात गर्ने जुम्लाको तातोपानीका २७ वर्षीय राजु कठायतलाई नियन्त्रणमा लिइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुस्





