

काठमाडौं,२५ असोज। बुढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न क्षेत्रबाट ३६ जनाको उद्धार गरिएको छ। चारवटा हेलिकोप्टर र स्थलमार्गबाट परिचालित उद्धार टोलीले उनीहरुको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ ।
सेनाका अनुसार दिउँसो १२ बजेसम्म जगत क्षेत्रबाट ६ जना, न्याक्फेदीबाट ९ जना, यारुबाट १ शिशु र १ विदेशी नागरिकसहित ९ जना तथा पायु क्षेत्रबाट १२ जनाको उद्धार गरिएको छ।
Advertisement

Advertisement
Advertisement
बाढी प्रभावित क्षेत्रमा अन्य सुरक्षा निकाय तथा सम्बन्धित सरकारी निकायसँग समन्वय गरी थप खोज तथा उद्धार कार्य जारी रहेको नेपाली सेनाले जनाएको छ।





